“सामाजिक कार्य गर्न देश र बिदेश भन्ने हुदैन” – प्रदिप कुमार राई

“सामाजिक कार्य गर्न देश र बिदेश भन्ने हुदैन” –  प्रदिप कुमार राई

हरेक मानवको आ-आफ्नै सोच विचार र काम गराई फरक फरक हुन्छ । मानव जीवनमा सल्लाह र सुझाव दिने धेरै भेटिन्छ तर आफै लागिपरी गर्ने कमै हुन्छन् । जहाँ समस्या त्यहाँ उपाय मनले चाहे कोषौ टाँढा रहेपनि फरक पर्दैन । त्यस्तै एक किसानको छोरो रोजगारको शिलशिलामा विदेश रहेपनि समाजिक कार्य वा मानवसेवामा आर्थिक तथा भौतिक साथ र सहयोगमा लिप्त मोरङको पथरीशनिश्चरे नगरपालिका वार्ड नम्बर १ का प्रदिप कुमार राई हाल मकाउ । उनले पथरीको सुनाखरी माविलाई कम्प्युटर प्रदान र इटहरा स्थित ढुङगाला अपाङग परिवारलाई आफुले सकेको सहयोग समेत गरिसकेकाछन् । सामाजिक संजाल फेसबुकबाट संञ्चारकर्मी विजय धिमालले उनीसंग लिएको अन्र्तवार्ता :
१. विदेशमै रहेर सामाजिक कार्य गर्न गइरहनु भइको छ के सम्भव छ वा गर्न सकिन्छ त ?
–सामाजिक कार्य गर्न देश र बिदेश भन्ने हुदैन । भावना, बिचार र बिवेक संग जोडीएको हुन्छ । सामाजिक कार्यलाई भुगोलले कुनै परक पार्छ जस्तो लाग्दैन । यसमा सामाजिक सद्भाव र एकताको द्रिढ इच्छ्याशक्ति हुन आवस्यक लाग्छ ।

 

२. नेपाल आउदै पिच्छे संघसंस्था वा गरिव व्यक्तिहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्नु हुन्छ किन ? भावि दिनमा केहि सर्त पो छकी ?
–सामाजिक सद्भाव, एकता साथै समाज परिर्वतनका लागि र आफ्नो आत्मसन्तुष्ठिको लागी मैले यो कार्य गरेको हो यसमा मेरो केहि सर्त नै छैन ।

 

३. संघसंस्था वा गरिव व्यक्तिहरुलाई सहयोग गर्ने सरकार, राष्टिय तथा अन्तराष्ट्रिय लगायत अन्य थुप्रै संघसंस्थाहरु छन तर तपाई व्यक्तिगत सहयोग गर्नुको कारण केहो ?
–सहयोग, सद्भाव, परोपकार, विकास निर्माण जस्ता कुराहरु लगायत अन्य धेरै कुराहरु मानवको दायित्व भित्र पर्दछ । यस कुरालाइ मध्यनजर गर्दै मानवले सक्ने केही कार्य नेता, सरकार तथा अन्तराष्ट्रिय संघसंस्थाहरु मुख ताक्नु भनेको समाजलाई परनिर्भता तिर उन्मुख गराउनु हो र त्यसैले सक्नेकाम सबै मिलेर गरेकै राम्रो हो ।

 

४. आफैले कमाएको पैसाले सहयोग गर्नु हुन्छ की विदेशमा रहेका नेपालीहरु संग पैसा उठाएर गर्नु हुन्छ?
–समाजिक कार्य भनेको घरको काम गरे जस्तो होइन तसर्थ मैले पनि समुह बाटै गर्ने हो । र म संयोजक भएर काम गरेको हो । यस्ता कार्यमा आर्थिक, श्रम र विवेक जस्तो पक्ष निकै भार पर्दो रहेछ ।

 

५. कस्ता संघसंस्था र कस्ता व्यक्तिहरुलाई तपाईहरुले सहयोग गर्न रुचाउनु हुन्छ र किन ?
–विशेषत प्रत्यक्ष समुहमा लाभ हुने खाल्को जस्तै सामुदायीक विद्यालय, भावनात्मक दिने, मानवतामा आभारीत परोपकारी जस्ले प्रत्यक्ष रुपमा आत्मासन्तुष्ठि महसुस दिलाउछ ।

 

६. समाजसेवा र राजनिति बारे तपाइको अनुभव के छ ?
–समाजसेवा र राजनिति एक अर्काको परिपुरक हुन , यो भावनात्मक साथै परिवर्तनकारी हुन्छ । समाजसेवा मर्मश्पर्शी हुन्छ भने राजनिति उत्तेजनात्मक साथै अशङकार बढाउने काम गर्दछ । समाजसेवा प्राय सबैले गर्न सक्छन राजनिति जोकोहीले जन्दैनन् र गर्न सक्दैनन् । अहिले राजनिति अस्थिरता हुनुको साथै सत्ता, पद र पैसामा लिप्त भएको महसुस गरेको छु । यस्ता नकारात्मक सोच र कार्यले नेपाली जनता राजनिति देखि बिमुख साथै वाक्क भएको अवस्था छ । परिर्वतनको नाममा यथास्थितिवादी सोच नेता र दलमा रहेको महसुस गरेको छु । यी यस्ता कुराहरु परिर्वतन साथै निर्मुल हुन आवस्यक छ र डाइनमिक र स्मार्ट राजनिति सोच भए मात्र देश बन्न वा बनाउन सकिन्छ । आफु युवा भएकोले समाजसेवा प्रति श्रद्धा राख्दै समाज र देश विकास भएको देख्न मन छ । समाजसेवा र राजनिति भावना बाटै समाज परिर्वतन हुनसक्छ जस्तो लाग्छ मलाई ।

 

७. समाजसेवा र मानवसेवा यस कार्यमा तपाइ एक्लै हुनुहुन्छ की समुह छ ?
–म एक्लै छुइन अन्य साथीहरु प्नि छन । यस कार्यमा मलाई आर्थिक, भौतिक र नैतिक साथै साथसमर्थन, सहयोग, उर्जनशिल प्रेरण सबैबाट पाएकोछु । भावि दिनमा हामी संस्थागत रुपमा अघिबढ्ने प्रयासमा छौ र परोपकारी बन्दै मुख्यत शिक्षा जगतमा बिशेष भुमिका खेल्नेछौ ।

 

८. यो सेवा नेपाल भर कि आफ्नो गाउँ ठाउँकोलागि मात्रै हो ?
–यो समाजसेवा र मानवसेवा नेपाल भर नै हुनेछ तर जहाँ आव्यश्यक छ त्यहाँ पहिलो प्रथमिक्ता हुनेछ ।

 
- अनत्यमा तपाई के भन्न चाहानुहुन्छ ?
–यस कार्यमा मलाई साथ र सहयोग गर्नुहुने सबैलाई मेरो हृदय देखिनै धन्यवाद दिनचाहान्छु र “परिर्वतनहरुको आवहान, शिक्षादान सर्वदान” भन्ने मुल नाराकासाथ अझै पनि साथ, सहयोग र सद्भावको आशा गर्दै आउनलागेको नयाँ वर्ष २०७३ सालको बिदेश वा स्वदेशमा रहने सम्पुर्ण नेपालीहरु प्रति सु–स्वास्थ्य एवम् दिर्घायूको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्