पच्चीस हजार पैसा सहितको पर्स फिर्ता गरेपछि !!

पच्चीस हजार पैसा सहितको पर्स फिर्ता गरेपछि !!

बिराटनगर चैत्र २१ ,

मोरंग रंगेलीबाट सैरुन्निसा आलम आफ्नो घर बिराटनगर फर्कदै थिइन् , उनि संग बसमा भारत घर भएका दिनेश साहनी र उनकि श्रीमती पनि संगै आउदै थिए । बिराटनगरको हाटखोलामा उनीहरु ओर्लदा साथ् मै दिनेशको पर्स पनि गाडीमा झरेछ तर दिनेशलाई यसको पत्तै भएन । उनीहरु आफ्नो बाटो लागे  । त्यतिकैमा सोहि गाडीमा सवार सैरुन्निसा आलमले उक्त झरेको पर्स भेटिन , पर्स त भेटिन तर अब त्यो पर्स कहाँ कसरी पर्स धनी संग पुर्याउने भन्ने चिन्ता हुनलाई लाग्यो । उनले बाटोमा उनका छोरा सजिद आलमलाई भेटिन र सबै कुरा सुनाइन । सबै कुरा सुनाएपछि सजिदले उक्त पर्स खोलेर हेर्दा भारु १६००० सहित एटिएम र परिचय पत्र भेटे । उनले पर्समा भेटिएको एउटा नम्बरमा फोन गरे , उक्त नम्बर दिनेश को बुवाको थियो । बुवा सगं दिनेशको नम्बर माग्दा उनीसंग भारतीय सिम मात्र रहेको र उ भारत आउन लागेको जानकारी दिए । त्यसपछि सजिद दौडिए जोगबनी तर्फ , जोगबानीमा उनले उक्त मानिसको फोटो हेर्दै खोजि गर्न थाले , केहि बेर खोजेपछि सजिदले दिनेश जस्तै लागेर एकजनालाई पर्स बारे खोजीनिती गर्दा उनले आफ्नो पर्स हराएको र आफु नै दिनेश भएको बताएपछि सजिदले उनलाई आफ्नो पर्स हस्तान्तरण गरे । "पर्स पाएर निक्कै खुसी भए उनि " सजिदले सुनाए । सैरुन्निसा आलम र उनका छोरा सजिदले गरेको काम प्रति हाम्रो पनि सलाम !!

[caption id="attachment_19849" align="alignnone" width="300"]alam पर्स फिर्ता गर्ने सैरुन्निसा आलम ![/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्