रिसर्च मेथोडोलोजी सम्बन्धि सेमिनार सम्पन्न

रिसर्च मेथोडोलोजी सम्बन्धि सेमिनार सम्पन्न

विराटनगर (चैत्र २०, २०७२)
नेपाल मेडिकल भोलिन्टियर सोसाईटीको आयोजनामा एक दिने रिसर्च मेथोडोलोजी सम्बन्धि कार्याशाला गोष्ठी सम्पन्न भएको छ । वैज्ञानिक स्वास्थ्य अनुसन्धानलाई पुर्बी नेपालमा अझ शसक्त बनाउने हेतुले आयोजित उक्त कार्यशाला गोष्ठीमा ४० जना सहभागीको उपस्थिति थियो । एम फिल, एम एस सी नर्सिंग, वि एस्सी नर्सिंग, एम बि बि एस, बि एन, बि पी एच, स्टाफ नर्स अध्ययनरत विधार्थीहरुको उपस्थती रहेको उक्त कार्यक्रममा मेडिकल इथिक्स, रिसर्च र यसको आवश्यकता, रिसर्च मेथोडोलोजी, प्रोपोजल डेभलप्मेंट, वैज्ञानिक अनुसन्धान, रिसर्च सफ्टवेयर आदिको वारेमा तालिम प्रदान गरिएको थियो ।पूर्वी नेपालमामै पहिलो पटक स्थानीय संस्थाको आयोजनामा भएको यो कार्यक्रममा विभिन्न समुह र विषयका विधार्थी सहभागी हुनु भएको संस्थाका प्रबन्ध निर्देशक तथा अध्क्षय डा. सूर्य पराजुलीले वताउनुभयो भने आगामी दिनमा अझ बढी अनुसन्धात्मक कार्यक्रमहरु संचालन गरिने बताउनु भयो । नविन लामिछानेले संचालन गर्नु भएको कार्यक्रममा नेपाल मेडिकल भोलिन्टियर सोसाईटिका डा. सूर्य पराजुली, डा. पार्थ गुरागाई, नविन लामिछाने, संयोग खतिवडा, हीरा के सी, बाबुराम पोखरेल, सूर्य नारायण चौधरीले कार्यक्रमलाई सहजीकरण गर्नुभएको कार्यक्रम कोशी हेल्थ एण्ड साईन्स क्याम्पस विराटनगरमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्