बिराटनगर चैत्र २२ ,
बिराटनगर स्थित नेहारिका कलेजमा बिएस्सी सिएसआइटीमा पढिरहेका बिद्यार्थी माझ ३ दिने बुट क्याम्प सम्पन्न भएको छ । क्याम्पमा संजीव थापाले व्यवसायिक तालिम अन्तर्गत पिएचपी, वल्र्डप्रेस, एचटीएमएल तथा वेभ डेभलपमेन्ट तालिमबारे जानकारी गराएका थिए । शंकर शर्माले सिएसआइटीको महत्व,अवसर तथा चुनौतीको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा एफवान सफ्टका वरिष्ठ सफ्टवेयर डेभलोपर संजीव थापा तथा आइटी विज्ञ शंकर शर्माको उपस्थिति रहेको थियो ।