विवेकशील नेपाली दलको प्रवुद्ध नागरिकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

विवेकशील नेपाली दलको प्रवुद्ध नागरिकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमान्डौ चैत्र २२ ,

विवेकशील नेपाली दलले आयोजना गरेको समाजका प्रबुद्ध नागरिकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २०७२ चैत्र २१ गते, आईतवार अन्नपूर्ण होटेल, दरबारमार्गमा दिउसो १ बजेबाट शुरु भएको उक्त कार्यक्रममा नेपालका आर्थिक सामाजिक, राजनैतिक, कला/संस्कृति क्षेत्रमा चर्चित १५० भन्दा बढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सुरुवातमा दलका अध्यक्ष उज्वल थापाले स्वागत मन्तव्य राख्नु भएको थियो। bibeksel

दलको तर्फबाट ब्यस्थापिका प्रमुख श्री गोबिन्द नारायण तिमल्सिनाले विवेकशील नेपालीको इतिहास, यसले अंगिकार गरेको विचार एवं सिद्धान्त, यसको पृथकता एवम् भावि रणनीतिहरु बारे प्रकाश पार्दै विवेकशील नेपाली एउटा राजनैतिक दल मात्र नभएर नेपाललाइ शान्त र समृद्ध बनाउनको लागि आब्हान गरिएको "भद्र- आन्दोलन” भएको बताउनु भएको थियो। आफ्नो मन्तव्यको क्रममा वहाँले समाजका बिभिन्न क्षेत्रमा व्यक्तिगतरूपमा सफल हुनुभएका प्रवुद्ध नागरिकहरुलाई यस भद्र-आन्दोलनमा संगै मिलेर अगाडी बढ्न आग्रह समेत गर्नु भएको थियो। कार्यक्रममा पार्टीका तर्फबाट अध्यक्ष उज्वल थापा सहित सम्पूर्ण केन्द्रिय नेताहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा डा. उपेन्द्र देवकोटा, पुर्वप्रधान सेना पति द्वय प्यारजंग थापा र रुक्माङ्गद कटवाल, पुर्व प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान नेपाल, श्री सुर्य नाथ उपाध्याय, बरिष्ठ डा. उपेन्द्र देवकोटा, युवा अभियन्ता ब्रबिम कुमार, लगायतले विवेकशील नेपाली दल बारे आफ्नो धारणा राख्नुभएको भएको थियो l पुर्व प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान नेपाल, श्री सुर्य नाथ उपाध्याय ज्यूले अबका राजनैतिक दलहरुले कुरा मात्र हैन, काम पनि गर्नु पर्छ र विशेषत सामाजिक कार्यहरुलाइ मुख्य प्राथमिकता दिदै अघि बढ्नु पर्छ। पुर्व प्रधान सेनापति श्री प्यारजंग थापा ज्यूले, “विवेकशील नेपालीले सुरुवात गरेको राजनैतिक संस्कार परिवर्तन गर्ने भद्र-आन्दोलनले आफुलाई प्रभावित बनाएको” बताउनु भयो। वरिष्ठ डा. उपेन्द्र देवकोटाले अहिलेको परिस्थितिमा युवाहरुलाई राजनीतिमा निकै गार्हो भएको र आफ्नो पुस्ताले गरेको गलतीहरुमा आफुले माफि माग्न चाहेको बताउनु भयो।

 

यसिगरि” विवेकशील नेपालीले प्रारम्भ गरेको यस अभियानमा आफ्नो पुस्ताको तर्फबाट पूर्ण सहयोग हुने आस्वासन प्रदान गर्नु भयो।” पुर्व प्रधान सेनापति श्री रुपवाङ्गत कटुवाल ज्यूले भन्नु भयो “युवा शक्तिमा बिश्वास गर्नुहोस र घर -घरमा, गोठ-गोठमा र गाऊ-गाऊमा पुग्नुहोस्, हामी सदैव तपाईहरुको साथमा छौ।” साथै, कार्यक्रममा निश्चल बस्नेत, सागर प्रसाई, बिजय लामा लगायतका हस्तीहरुले विवेकशील नेपालीलाई पृथक शक्तिको रुपमा अघि बढेकोमा बधाई अनि शुभकामना समेत व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्