बिराटनगर चैत्र २२ ,
बिराटनगर बजार क्षेत्रमा ४० भन्दा माथिको स्पिडमा सवारी साधान कुदाए हजार रुपैया जरिवाना हुने भएको छ । दैनिक तिब्र गतिमा कुदाउने १५ देखि २० सवारी साधनलाई मोरंग प्रहरीले नियन्त्रणमा लिने गरेको प्रहरीले बताएको छ । पहिलो चरणमा सम्झाएर छाडेपनि फेरी पनि स्पिड कुदाएको पाइए , ५०० देखि हजार सम्म जरिवाना लाग्ने छ । बिराटनगरमा अहिले ट्राफिक प्रहरीले तिब्र गतिमा सवारी साधन कुदाउनेलाई नियन्त्रणमा लिने गरेको मोरंग प्रहरीका प्रमुख धनप्रसाद सिवाकोटीले बताउनुभयो ।