बिराटनगर चैत्र २२ , विराटनगर स्थित राजवंशी चोकमा प्रत्येक अाइतवार लाग्ने हाटमा गत आइतबार उक्त हाटमा एक जना वृद्ध महिलाको १ तोला सुन चोरी भएको छ र अर्का एक जनाको चोर्दा -चोर्दै असफल भएर चोर भाग्न सफल भएको थियो । हाट बजारमा प्राय महिलाहरु आउने हुनाले गरगहनाको चोरी बढेको अनुमान गर्न सकिन्छ । आवर बिराटनगरका पाठक सन्तोष आचार्यले हामीलाई उक्त घटनाको जानकारी दिनुभएको थियो । यस अघि पनि बिराटनगर बजारबाट गहना लगाएकै अवस्थामा चोरी भएका समाचार आएका थिए । हाट बजार जादा गहना नलगाएर जानहुन सम्पूर्ण दिदीबहिनी, आमाहरुलाई हाम्रो पनि अनुरोध ।