नेपाली समुदाय युएईको तेस्रो भेला सम्पन्न

<span class='c1'>नेपाली समुदाय युएईको</span> <span class='c2'>तेस्रो भेला सम्पन्न</span>

 

सन्तोस बस्नेत, युएई

यूएईमा रहेका नेपालीहरुको सक्रिय समूह नेपाली समुदाय यूएईले आफ्नो तेस्रो बैठक युएई, जाफलिया स्थित मङोलियन रेस्टुरेन्टमा गत अप्रिल १ गते सम्पन्न गरेको छ।युएईमा रहने सम्पुर्ण नेपालिको समस्यामा साथ दिदै आएको यश संस्थाले युएईमा दुखमा परेका चेलिहरुको उद्दार गरि नेपाल फिर्ता पठाउन नेपाली राजदुतावास मार्फत पहल, जनचेतनामुलक कार्यक्रमका साथसाथै यूएईमा नै रहेका युवाहरु माझ लुकेका प्रतिभाहरुको पहिचान गरि समय अनुरुप अबसर को सृजना गरि व्यक्तित्वबिकास तालिम, खेलकुद कार्यक्रम , रक्तदान कार्यक्रमका साथै युएईमै कार्यरत अन्य सामाजीक संस्थाको सहकार्यमा अन्य कार्यक्रममा सक्रिय सहभागी हुँदै आएको छ। नेपाली समुदाय युएईका केन्द्रिय कमिटि सल्लाहकार श्री परमआनंद ज्यु को सभापतित्वमा सम्पन्न बैठकमा समुदायकै बर्तमान अध्यक्ष विदुर राउतको अध्यक्षता गर्नु भएको थियो।बैठकमा युएईका सबै शाखा प्रतिनिधिको उपस्थिति रहेको थियो।

अन्त्यमा अन्य शाखाबाट बैठकमा उपस्तिथि अथिति, सम्पुर्ण केन्द्रिय समिति सदस्यहरुलाई धन्यवाद साथै नवमनोनित केन्द्रिय समितीका पदाधिकारीहरुलाई स्वागत र अगामी कार्यकालमा पुर्ण सफलताको शुभकामना दिदै कार्यक्रमका अध्यक्ष बिदुर राउतले बैठकको समापन गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्