लामो समयपछि विराटनगरमा भलिबल प्रतियोगिता हुने

लामो समयपछि विराटनगरमा भलिबल प्रतियोगिता हुने

बिनु तिम्सिना

बिराटनगर चैत्र २२ 

मोरङ जिल्ला भलिबल संघ मोरङको आयोजनामा लामो समयपछि विराटनगरमा भलिबल प्रतियोगिता हुने भएको छ ।

आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै चैत २८ गते देखि स्वर्गीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा संखुवासभा, भोजपुर, धरान, झापा, खोटाङ्ग, सिराहा, पुर्वाञ्चल भलिबल टीम, र विभागिय टिमहरु सशस्त्रप्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका क्षेत्रीय टीमहरुगरी पूर्वाञ्चलभरीका १० वटा टीमहरुको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने टिमलाइ ५१ हजार र द्वतीयहुने टिमलाइ ३१ हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष हरीशचन्द्र कोइरालाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्