कृषकहरुको आन्दोलनको कार्यक्रम सार्वजानिक

कृषकहरुको आन्दोलनको कार्यक्रम सार्वजानिक

बिराटनगर चैत्र २२ ,

सुनसरी मोरङ सिचाइ आयोजनासँग आवद्ध जल उपभोक्ता समितिका कृषकहरुले नहरमा पानी नछाडेको र संस्था नविकरण नगरेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजानिक गरेका छन् ।

समितिले आज विराटनगरमा पत्रकार सम्मनेल गरी आन्दोलनको कार्यक्रममा घोषणा गरेका हो । आयोजनाले आफुहरुको माग नसुनेको भन्दै आन्दोलमा उत्रन बाध्य भएको जल उपभोक्ता समितिका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले बताउनुभयो । उहाँले आज देखी चैत २९ गतेसम्म आन्दोलनको कार्यक्रम गरिने जानकारी गराउनुभयो । पहिलो दिन चैत २२ गते सुनसरी मोरङ सिचाई आयोजनामा विहान ११ बजेदेखी १२ बजेसम्म धर्ना दिएका छन । यसैगरी प्रत्येक दिन दुइ घन्टदेखि तिन घण्टासम्म कार्यालय परिसरमा धर्ना दिने र सो कार्यक्रम चैत २६ गतेसम्म रहने समितले जनाएको छ । धर्ना कार्यक्रमले माग सम्बोधन नभए सिचाइ आयोजनामा तालाबन्धी गर्ने भएका छन् । सुनसरी र मोरङका कृषकहरुको सहभागीतामा तालाबन्धी गर्ने समितिले जनाएको छ । आयोजनका इन्जिनियर लक्ष्मण सिंहले किसानहरुले उठाएको मागको सम्वोधनमा मन्त्रालयमा जानकारी गराइ सकेको बताउनुभयो । किसानहरुको मागलाइ मन्त्रालयले सकारात्मक रुपमा लिएको उहाको भनाइ थियो । आयोजनाले मोरङ र सुनसरीमा झन्डै ६५ हजार हेक्टर जमिनमा सिचाई सुविधा पु¥याएको छ ।आयोजनाले नहर ममर्त सम्भार गर्ने भन्दै चैत ६ गतेदेखी नहरमा पानी वन्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्