यौन तथा प्रजनन् स्वास्थ्यकाबारे अन्र्तक्रिया

यौन तथा प्रजनन् स्वास्थ्यकाबारे अन्र्तक्रिया

विराटनगर २२ चैत्र
अपाङ्गता भएका युवाहरुको यौन तथा प्रजनन् स्वास्थ्यका आवश्यकताहरुका बारेमा एक दिने अन्र्तक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । मेरी स्टोप्स ईन्टरनेसनलको आयोजनामा सोमबार विराटनगरको नमस्कार होटलमा आयोजित अन्त्र्तक्रिया कार्यक्रममा युवाहरुको यौन तथा प्रजनन् स्वास्थ्य आवश्यकका बारेमा बुझाईएको थियो । कार्यक्रममा अपाङ्गता भएका युवाहरुका पनि अन्य मानिस सरह एसआरएचका आवश्यकता हुने भए पनि यस किसीमका कार्यक्रमहरु बनाउदा उनीहरुका आवश्यकतालाई ख्याल नगरिएको गुनासो पोखेका थिए ।

साथै अपाङ्गताभएका युवाहरुमा परिवार नियोजनका समग्र आधुनिक तरिकाहरु र गर्भपतनको कानुनी व्यावस्थाबारेमा जनचेतना जोगायनु पर्ने उनीहरुले जोड दिएका थिए । कार्यक्रममा नेपाल बहिरा संघ विराटनगर, अपाङ्गगता क्षेत्रका करिब ४० जना सहभागिता रहेको मेरी स्टोप्स विराटनगरका युथ काउन्सीलर तारा ढकालले जानकारी दिनुभयो । यसविच यस अघि मेरी स्टोप्सका कर्मचारी र भोलिन्टिर्यसलाई अपाङ्गता भएका व्यात्तीहरु संग कसरी बोलचाल गर्ने तथा व्यावहार गर्ने भन्नेबारेका तालिम दिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्