विराटनगरको महालक्ष्मी–११ले जित्यो मारवाडी क्रिकेट लिग

विराटनगरको महालक्ष्मी–११ले जित्यो मारवाडी क्रिकेट लिग

बिराटनगर चैत्र २३ , दोस्रो नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिताको उपाधि विराटनगरको महालक्ष्मी–११ ले मारवाडी मञ्च भैरहवालाई ८७ रनले हराउँदै जितेको छ। नेपाल राष्ट्रिय मारवाडी युवा संगठनद्वारा आयोजित प्रतियोगिताको सोमबार विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न फाइनलमा सेलो बाग्मती भैरहवाले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको घरेलु टोली महालक्ष्मीले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १ सय २६ रन बनाएको थियो। सन्तोष राठीले ३९ र अरुण वियानीले २१ रन बनाए।

१ सय २७ विजयी लक्ष्य पछ्याएको भैरहवाले १४ ओभरमै ३९ रनमा समेटियो। राहुल अग्रवालले १३ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। महालक्ष्मीका गौरव सेठियाले ४, सन्तोष राठीले ३ र मनिष कोठरीले २ विकेट लिए। म्यान अफ दी म्याच महालक्ष्मीका सन्तोष राठी भए।प्रतियोयिताको सर्वोकृष्ट खेलाडी भैरहवाका शुभम अग्रवाल, उत्कृष्ट व्याट्सम्यान सौरभ अग्रवाल, उत्कृष्ट बलर विराटनगर महालक्ष्मीका गौरव सेठिया भए।

महालक्ष्मीले ७५ हजार र उपविजेता भैरहवाले ३१ हजार नगद पुरस्कार पाएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्