एकै पटक धेरै मल आएपछि भण्डारणमा समस्या

<span class='c1'>एकै पटक धेरै मल</span> <span class='c2'>आएपछि भण्डारणमा समस्या</span>

बिनु तिम्सिना
बिराटनगर चैत २३

एकै पटक धेरै मल आएपछि कृषि सामाग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय विराटनगरलाई मल भण्डारणमा समस्या भएको छ । अघिल्ला वर्षहरुमा जस्तो कृषकहरुले मल अभाव हुने समस्या झेल्नु नपरोस भनेर पूर्व तयारी स्वरुप पर्याप्त मात्रामा मल ल्याइएको भएपनि भण्डारण गर्ने स्थान नहँुदा समस्या भएको हो ।
कृषकहरुलाइ मल अभाव हुन नदिनु भन्ने कृषि मन्त्री हरीबोल गजुरेको ठाडो निर्देशन पछि पर्याप्त मल खरीद गरेको मल कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रिय कार्यलय विराटनगरले जनाएको छ । तर भण्डारण गर्ने गोदामको अभावमा मल सुरक्षीत राख्न समस्या भएको छ । सोमबार र मंगलबार मात्रै विरगञ्ज र कलकत्ताबाट साठी ट्रकमा करिव आठ सय मेट्रिक टन मल आयात भएको छ तर सो मल भण्डारण गर्न समस्या भएको क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बताउनुभयो ।
अझै पाच हजार मेट्रिकटन मल आइरहेको उहाँले जानकारी दिनुभयो । विराटनगरमा रहेको गोदाममा दुई हजार छ सय मेट्रिक टन मल मात्रै भण्डारण गर्न सकिने कार्यालयले जनाएको । साथै पूर्वाञ्चलभरीका गोदामहरुको भण्डारण क्षमता सात हजार पाच सय मेट्रिक टन मात्रै रहेको छ । अघिल्लो बर्षको मल समेत अझै मौज्दात रहेकोले अब मल कहाँ राख्ने भन्ने समस्या भएको प्रबन्धक अजयकुमार श्रीवास्तवले बताउनुभयो ।
केही स्थानहरुमा निजि गोदाम भाडामा लिएर भएपनि भण्डारण गर्दै आएको तर त्योपनि पर्याप्त नभएकाले मल एकै पटक आउँदा भने ठूलो समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । कम्पनीले पूर्वाञ्चलका लागि चालु आर्थिक बर्षमा ४८ हजार मेट्रिक टन मल ल्याउने कार्यालयले जनाएको छ । सम्झौता अनुसारको मल कम्पनीले एकैपटक पठाउने भएकाले पनि भण्डारण गर्न कम्पनीलाई समस्या भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्