बिराटनगरमा सुन चोर्ने पाँच जना पक्राउ

बिराटनगरमा सुन चोर्ने पाँच जना पक्राउ

विराटनगर चैत्र २५ ,   स्थानिय हाटबजारमा महिलाले लगाएको सुनको सिक्री लुटने पाँचलाई जिल्ला प्रहरी कार्यलय मोरङले पक्राउ गरेको छ ।   उनीहरुलाई प्रहरीले विराटनगरको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विरगञ्जका ३० वर्षिय उमाकान्त राम, बाराको जितपुरका १७ वर्षिय  शत्रुधन नटुवा, सोही स्थानका  ४५ वर्षिय विनोद कुमार कुशवाह,  ४० वर्षिय शुरेश नटुवा र १७ वर्षिय राजकेश कुमार यदु  पक्राउ परेको मोरङका प्रवत्ता शिव श्रेष्ठले जानकारी दिनुभयो ।  विराटनगर – १६ की निरु विसुन्के स्थानिय हाटबजारमा सब्जि किन्न जादा २३ चैतमा सुनको सिक्री चोरी भएको थियो । प्रहरीले तत्काल सादा पोशाकमा प्रहरी परिचालन गरी चोरी भएको सिक्री फेला पार्न सफल भएको प्रवक्ता श्रेष्ठले बताए ।    प्रहरीले सिक्री चोर्ने गिरोहमध्धे शत्रुधन नटुवा र उमाकान्त रामलाई मंगलबारनै विराटनगर १६ बाट पक्राउ परेका थिए ।  पक्राउ परेका समूले केही दिन अगाडी विराटनगर  १६ का देव कुमार कर्ण लगाएको सिक्री पनि यही समूहकले चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्