नामिविया विरुद्ध खेलको लागि नेपाली टिम घोषणा

नामिविया विरुद्ध खेलको लागि नेपाली टिम घोषणा

काठमाडौँ चैत्र २५

नामिविया विरुद्ध नेपालमै हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजनको खेलका लागि नेपाली टिमको अन्तिम घोषणा गरिएको छ । बिहीबार घोषणा गरिएको टिमको कप्तानमा पारस खड्का, उपकाप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । राष्ट्रिय खेलकुद परिषदको संयोजनमा गठन भएको छनोट समितिले सदस्यीय अन्तिम टिमको घोषणा गरेको हो । टिममा राजु रिजाल, नरेश बुढा ऐर, शरद भेषवाकर, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन, सन्दीप लामिछाने, करण केसी, सुशन भारी, राजेश पुलामी मगर, विनोद भण्डारी रहेका छन् । त्यस्तै चार बैकल्पीक खेलाडी चयन गरिएका छन् । बैकल्पिक खेलाडीमा विक्रम शोव, दिपेन्द्र ऐरी, प्रेम सुनार र अनिल मण्डल रहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्