मोरङ, चैत्र २५ गते।
मोरङ जिल्लाको बिराटनगर १८ बाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलाली सुगरखा ९ बस्ने ३६ बर्षिय दिपक बिश्वकर्मा रहेका छन्।
बिराटनगर स्थित आँखा अस्पताल नजिक लागुऔषध ब्युरो मोरङको टोलीले चेक जाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध स्पास्मो प्रोक्सिभन २८८ चक्की, कोरेक्स ६ बोतल र नाईट्रोसन १०० चक्की बरामद गरेको छ।
लागुऔषध सहित पक्राउ परेका बिश्वकर्मालाई आवश्यक अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।