प्रधानमन्त्री ओलीसँग स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न माग

<span class='c1'>प्रधानमन्त्री ओलीसँग स्थानीय निकायको निर्वाचन</span> <span class='c2'>मिति घोषणा गर्न माग</span>

काठमाडौं चैत्र २६ ,  नेकपा एमालेका पोलिटब्युरो सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको पोलिटब्युरो बैठकमा उनीहरुले राजनीतिक प्रतिवेदनमा तीनवटै निर्वाचन आफ्नो नेतृत्वमा गर्ने भनेर मात्रै नपुग्ने भन्दै स्थानीय निर्वाचनको मिति तत्काल घोषणा गर्न दबाब दिएका हुन्।

दुवै पक्षका नेताले निर्वाचनका लागि जेठ वा कात्तिक महिना उपयुक्त हुने भन्दै मिति तोक्न पनि माग गरेका हुन्। यसरी माग गर्नेमा भानुभक्त ढकाल, परशुराम मेघी गुरुङ, अरुण नेपाल, विन्दा पाण्डे, यामलाल कँडेल, लालबाबु पण्डित, गणेश तिमल्सिना सहितका नेता छन्।

'लामो समय स्थानीय निकाय नहुँदा जनता प्रत्यक्ष रुपमा प्रभावित भएका छन्। विकास निर्माणको काममा धेरै विकृति देखियो, त्यसैले तत्काल निर्वाचन मिति घोषणा गर्नुपर्योव,' पोलिटब्युरो सदस्य नेपालले भने, 'पोलिटब्युरो सदस्यले स्थानीय निकायको निर्वाचनका लागि गरेको मागलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षले भोलि जवाफ दिने क्रममा सम्बोधन गर्ने अपेक्षा गरेका छौं।'

नेपालले अहिलेकै संरचनामै स्थानीय निकायको निर्वाचन गर्ने भनेर संविधानमा व्यवस्था भएकाले मिति घोषणा गर्न जोड दिएको बताए। 'सरकारले स्थानीय निकायको निर्वाचन गर्न सबैको सहमति खोज्न सुरु गर्नुपर्ने सुझाव आएको छ,' उनले भने, 'स्थानीय निकाय नहुने हो भने पुनर्निर्माणको कामसमेत प्रभावित हुनेछ।' स्थानीय निकायको निर्वाचन गराउन तत्काल कानुन ल्याउनसमेत उनीहरुले माग गरेका थिए।

मंगलबार सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय, प्रान्तीय र आम निर्वाचन आफ्नै नेतृत्वमा गर्ने उल्लेख छ। २०५४ सालपछि स्थानीय निकायको निर्वाचन हुनसकेको छैन भने २०५९ सालयता स्थानीय निकायमा राजनीतिक नेतृत्व पुग्न सकेको छैन। कहिले सर्वदलीय संयन्त्र र कर्मचारीको भरमा चलेको स्थानीय निकायले पर्याप्त मात्रामा काम गर्न नसकेको गुनासो हुँदै आएको छ। -नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्