काठमान्डौ उडेको बुद्ध एयर विराटनगरमा अवतरण

<span class='c1'>काठमान्डौ उडेको बुद्ध</span> <span class='c2'>एयर विराटनगरमा अवतरण</span>

 

प्रेम देवान
विराटनगर २६ चैत्र ।
झापाको भद्रपुरबाट काठमाडौका लागि उडेको बुद्ध एयरको जहाज इन्जीन मा समस्या देखिएपछि विराटनगरमा आकस्मि अवतरण गराइएको छ । जहाजको देब्रेपटिको इन्जीनमा समस्या देखिएपछि आकस्मिक अवतरण विराटनगर विमानस्थलमा अवतरण गराइएको थियो । बिमानमा चालकदलका ४ जना १० बर्षे बालक २ जना २ बर्षमुनीका २ जना र यत्रु ६६जना गरी जम्मा ७४ जना रहेका थिए । देबे्र इन्जीनलाई आकाश मै बन्द गरी दाइने इन्जीनको सहायताले उक्त जहाज बिराटनगरमा अवतरण गराएको हो भने सबै यात्रु सकुसल रहेका छन् । भद्रपुरबाट उडेको केहीबेरमै इन्जिनमा खराबी आएको भन्ने पत्ता लागेपछि जहाजलाई बिराटनगर बाट २४ किलोमिटर उतर पुर्व बाट जहाजलाइ विराटनगर एर्पोट डाइभर्ट गरेर अवतरण गराइएको बिराटनगर बिमानस्थलका प्रमुख सुरेशमान सिंहले बताए ।
विराटनगर विमानस्थलमा जहाज अवतरण गराउनु अघि दमकलका साथै सबै सुरक्षा व्यवस्था अपनाइएको थियो । यो जहाज ७२ सिटे एटिआर ७२ बिमान हो । बिमान आज शुक्रबार विराटनगर विमानस्थलमै राखिने र काठमाडौबाट इन्जिनियर आएपछि उक्त जहाजको इन्जीन उडाउन योग्य छ या छैन भन्ने प्रमाणित गरेपछि मात्रै उडान अनुमती दिइने बिमानस्थल प्रमुख सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्