मोेरङ प्रभावकारी बन्दै वनदशक कार्यक्रम

<span class='c1'>मोेरङ प्रभावकारी बन्दै</span> <span class='c2'>वनदशक कार्यक्रम</span>

विराटनगर २६ चैत्र ।
स्थानिय स्तरमा वनको पहुच पुु¥याउने उदेश्यले मोरंङ जिल्लामा संचालित वन दशक कार्यक्रम अत्यन्त प्रभावकारी वन्दै गएको छ । गत असार महिनादेखी संचालित यो कार्यक्रम अन्र्तगत मोरंङ जिल्लामा ६ लाखभन्दा वढि विरुवा रोपिएका छन । रोपिएका विरुवा मध्ये ९० प्रतिशत विरुवा हुर्कि सकेका छन । जिल्लाका ३६ वटा गाउ विकास समितिमा संचालित वन दशक कार्यक्रम अन्तर्गत खोलका किनार, भुुक्षय जाने स्थान खालीपर्ति जग्गा साथै निजि तथा सरकारी तथा निजि जग्गाहरुमा विरुवाहरु रोपिएको जिल्ला वन कार्यालय मोरंङका प्रमुुख दिपक ज्ञवालीले बताउनुुभयो । जिल्ला बनकार्यालयवाट निशूल्क रुपमा विरुवा उपलव्ध गराउन थालिएपछी सर्वसाधारणहरुले खेतवारी तथा करेसावारीमा समेत वृक्षारोपण गर्न क्रम वढदै गएकाो कार्यालय प्रमुुख ज्ञवालीले बताउनुुभयो । अहिले मोरंङ जिल्लाका सामुुदायिक वन तथा निजि बन लगाउने क्रम समेत वढदै गएको छ । कार्यक्रम प्रभावकारी भएपछी मोरंङ जिल्लामा थप १६ वटा गाउ विकास समितिमा बन दशक कार्यक्रम संचालन गर्न लागिएको छ । त्यसका लागी बन कार्यालयले तयारी गरिरहेको कार्यालय प्रमुख ज्ञवालीले बताउनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्