नयां वर्षमा गायिका ज्योती मगर विराटनगर आंउदै

नयां वर्षमा गायिका ज्योती मगर विराटनगर आंउदै

प्रेम देवान/विराटनगर, २७ चैत : हट एण्ड सेक्सी गायिकाको रुपमा परिचीत ज्योती मगर यही चैत्र ३० गते एउटा सांङगीतीक कार्यक्रममा आउने भएकी छिन् । पूर्वाञ्चल आइटिएफ तेक्वान्डो एशोसिएशन विराटनगरले यही चैत ३० गते गर्ने साँस्कृतिक कार्यक्रममा आउने भएकी हुन् । एशोसिएशनले आज विराटनगरमा पत्रकार सम्मेलन गरी चचिर्त लोक गायिका ज्योती मगरलाई ल्याएर साँस्कृतीक कार्यक्रम जनाएको हो । कार्यक्रममा ज्योतिका अलवा स्थानिय कलाकारको वेजोड प्रस्तुती रहने भएको छ । जसमा गायक सुमित खड्का, एक खुट्टाले नृत्य गरी सबैको मन जित्न सफल भएकी निलगम ढुंगाना, गायिका प्रजिता दंगाल लगायतको प्रस्तुती रहने भएको नेपाल आइटिएफका उपाध्यक्ष प्रविण कुमार कार्कीले जानकारी दिनुभयो । साथै कार्यक्रमबाट प्राप्त भएको रकमबाट आगामी २०७३ जेष्ठ २८ र २९ गते राष्ट्रिय आईटिएफ तेक्वान्डो प्रतियोगीताको लागी सहयोगार्थ गरिने उपाध्यक्ष कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्