संसार कै सबैभन्दा ठुलो हलो मोरङको झोराहाटमा

संसार कै सबैभन्दा ठुलो हलो मोरङको झोराहाटमा

प्रेम देवान/विराटनगर : कला र सस्कृतीको जर्गेना गर्ने उदेश्यले मोरंङको झोराहाटमा नाटक घर संचालनमा आउने भएको छ । आगामी वैशाख–१ गतेदेखी सो नाटकघर संचालनमा आउन लागेको हो । झोराहाट नाट्य समुहले विराटनगरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । १ सय २० जना क्षमता रहेको सो नाटकघर निर्माणका लागी २२ लाख रुपैय खर्च भएको समुहका अध्यक्ष भरत गुरागाइले बताउनुभयो । १० कठा जग्गा भाडामा नाटकघर निर्माण गरिएको हो । सांसद असोक कोइरालाले १ लाख रुपेया सहयोग उपलव्ध गराएको र वाकी रकम सथानिय समुदाय तथा एकजना अमेरिकन नागरिकवाट प्राप्त भएको अध्यक्ष गुरागाइले बताउनुभयो । नाटकघरको सस्कृतीक विद् सत्यमोहन जोशीले उद्घाटन गर्नुहुने भएको छ । सो नाटक घर २०७१ साल पुष महिनामा शिलान्यास भएको थियो । झोराहाट क्षेत्रमा रहेको विभिन्न जातजाति समुदायको सस्कृति परम्परा तथा पहचान झल्काउनका लागी नाटक घर को महत्व रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । साथै संसार कै अहिले सम्मा ठूलो हलो नाटकघरको प्रवेशद्धारमा राखीएको झोराहाट नाट्य समुहको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्