बिराटनगर चैत्र २८ ,
युवाहरुलाई बिराटनगरमा साझ रमाइलो गर्ने ठाउको अभाबलाई चिर्दै बिराटनगरमा डिजे सहितको ओपन रेस्टुरेन्ट सुरु हुने भएको छ । बिराटनगरको होटेल रत्नामा आगामी नया बर्ष देखि ओपन रेस्टुरेन्ट सुरु हुदैछ । उक्त रेस्टुरेन्टमा डिजे डान्स सहित बिभिन्न खानाको परिकार हुने होटेल रत्नाका निर्देशक रोशन थापाले आवर बिराटनगर डट नेटलाई बताउनुभयो । "यस रेस्टुरेन्टमा आएको पैसा लाग्दैन , तपाइले जे खानुहुन्छ त्यसैको मात्र पैसा तिर्नुपर्ने छ " थापाले बताउनुभयो । बिराटनगरमा यस किसिमको रेस्टुरेन्ट अरु नभएको र यस रेस्टुरेन्टले युवाहरु मात्रै नभएर सम्पूर्ण बिराटनगरबासीको चाहना पुरा गर्ने थापाको बिश्वास छ । हरेक दिन बेलुकी ७ बजे बाट रेस्टुरेन्ट संचालन हुने छ ।