कोरियाले यो वर्ष ३१ सय नेपाली कामदार लैजाने

 कोरियाले यो वर्ष ३१ सय नेपाली कामदार लैजाने

 

२८ चैत, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जान लिइने सातौं भाषा परीक्षामा करिब ३१ सय नेपाली युवालाई उत्तीर्ण गराइने भएको छ ।
यो संख्या गत वर्षको भन्दा झन्डै ६३ प्रतिशत कम भएको आजको कारोबार दैनिकमा समाचार छ । गत वर्ष ८ हजार ४९० युवा उत्तीर्ण भएका थिए ।
कोरियाको मानव संशाधन विकासले निर्धारण गरेको अनुमानित उत्तीर्ण संख्यामध्ये उत्पादनमूलक क्षेत्रमा २ हजार १०० र कृषि तथा पशुपालन क्षेत्रमा एक हजार निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । यो कोटाले कोरिया भाषा परीक्षाको तयारी गरिरहेका युवालाई भने निराश बनाएको छ ।
यो वर्ष धेरै कोटा आउने अपेक्षा नेपाली युवाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्