होमियोपेथिकका संस्थापकको २ सय ६१ औं जन्मजयन्ति बिराटनगरमा मनाइयो

होमियोपेथिकका संस्थापकको २ सय ६१ औं जन्मजयन्ति बिराटनगरमा मनाइयो

पुष्पराज थपलिया/विराटनगर : होमियोपेथिकका संस्थापक डा. सेमुअल हेनिमेनको २ सय ६१ औं जन्मजयन्ति आइतबार विभिन्न कार्यक्रम गरी विराटनगरमा मनाइएको छ ।

ज्योति होमियो क्लिनिक र ब्याक्सन होमियो भारतको सम्युक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अथिति नेपाल होमियो एसोसीएन पूर्वाञ्चलका अध्यक्ष योगेन्द्र राई, नेपाल बार एसोसीएन मोरङका महासचिव विनयराज पान्डे, ब्याक्सन होमियो भारतका नेपाल प्रतिनिधि डा. कृष्ण बल्लभ, नेपाल चिकित्सव संघका केन्द्रिय महासचिव डा. रवि प्रकास राँय, डा. रामदेव खड्का, ज्योति होमियो क्लिनिकका सस्थापक गोपाल गुप्ता र गोतमबुद्ध स्कुलका प्रिसीपल केशव सुवाललगायतले डा. सेमुअल हेनिमेन फोटोलाई फुलमाला लगार्ई र डा. हेनिमेन जिवनीबारे प्रस्ट पारेका थिए । त्यैसैगरी नेपाल चिकित्सव संघले पनि विभिन्न कार्यक्रम गरी जन्मजयन्ति मनाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्