ग्रेडेट स्कुलका एसएलसी दिएका बिध्यार्थीलाई बिदाई

ग्रेडेट स्कुलका एसएलसी दिएका बिध्यार्थीलाई बिदाई

बिराटनगर चैत २८ , विराटनगर ११ मा रहेको ग्रेडेड बोडिङ स्कुलले यस वर्षको एसएलसी परीक्षा दिएका विद्यार्थीलाई विदाई गरेको छ । स्कुल परिसरमा आईतबार एक कार्यक्रम गरी कक्षा दशमा अध्ययरत ४४ जना विद्यार्थीलाई विधाई गरेको हो ।
उनीहरुलाई स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले फुलको गुच्चा, अविर र माला लगाएर विदाई गरेका थिए । विदाई कार्यक्रममा विद्यार्थीहरुले स्कुलमा अध्ययन गरेको क्रममा आफनो कुराहरु सेयर गरेका थिए । विद्यार्थीलाई विदाई गर्दै स्कुलका प्रिन्सिपल सुवालले विद्यार्थीलाई आउँदो दिहरुको शैक्षिक सफलताको शुभकामना व्यत्त गरे । कार्यक्रममा अन्य शिक्षकहरुले समेत बधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्