बिराटनगरमा खुल्ला भलिबल प्रतियोगिता आजबाट सुरु

बिराटनगरमा खुल्ला भलिबल प्रतियोगिता आजबाट सुरु

बिनु तिम्सिना
बिराटनगर चैत २८
मोरङ जिल्ला भलिबल संँघको आयोजनामा प्रथम स्र्वगीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखी विराटनगरमा सुरु भएको छ ।

आज भएको उद्घाटन खेलमा प्रहरीको क्षेत्रिय टीम र नेपालि सेनाको क्षेत्रिय टीम विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो खेलमा नेपाल प्रहरीको क्षेत्रिय टीमले सुनसरीको धरान भलिबल क्लबलाई २५–१६ र २५–१९ को सोझो सेटले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको हो ।खेलको म्यान अफ द म्याच नेपाल प्रहरीका धनश्याम महतो घोषित भए । त्सैगरी दोस्रो खेलमा नेपालि सेनाको क्षेत्रिय टीमले प्यारागन उमावि सिरहा क्लबलाई २५–१८ र २५–२० को सोझो सेटले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच नेपालि सेनाको रिषी थापा मगर घोषित भए । प्रतियोतिामा पूर्वाञ्चलका संखुसभा, खोटाङ, भोजपुर, सिराहा, सुनसरी, झापा, नेपाल प्रहरी, नेपालि सेनाको र सशस्त्र प्रहरी बल को क्षेत्रिय टीम गरी १२ वटा टिमको सहभागी रहेको छ । भोलीको पहिलो खेल धनकुटा र तेह्रथुम तथा दोस्रो खेल लक्ष्मिमार्ग भलिबल टिम मोरङ र नवज्योति क्लब खोटाङ बिच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्