एम्स कलेजमा भएको समाचार वाचन प्रतियोगितामा चौलागाई प्रथम

एम्स कलेजमा भएको समाचार वाचन प्रतियोगितामा चौलागाई प्रथम

सुमन तिमल्सिना
बिराटनगर,चैत २९
एम्स कलेजमा भएको समाचार वाचन प्रतियोगितामा प्रदिप चौलागाई प्रथम हुनुभएको छ । स्काई एफ.एम.को प्राबिधिक सहयोगमा कलेजको लिलि हाउसले आयोजना गरेको प्रतियोगिताको उपाधी चौलागाईले जित्नु भएको हो ।
त्यस्तै द्धितियमा रोजिना कार्की र तृतीयमा तुलसा लामा भएका छन् । प्रथम द्धितिय र तृतियहरुलाई आजै एक कार्यक्रमको आयोजना गरी उपहार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
स्काई एफ.एमका स्टेशन म्यानेजर सुमन सुस्केराले उत्कृष्ट ३ मा गर्ने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । ४९ जना बिद्यार्थीहरुबाट बिभिन्न छनौट चरण पारगरि आएका बिद्यार्थीहरु मध्य उत्कृष्ट ९ जनाबाट थप प्रतिस्पर्धा गराईएको क्याम्पस प्रमुख सिएम बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगिताको पहिलो चरणमा १५ जनालाई छनौट गरिएको थियो, छनौट पछि बिद्यार्थीहरुलाई समाचार वाचन गर्ने बारेमा सिकाईनुको साथै समाचारको बारेमा जानकारी गराईएको थियो । छनौटबाट दोश्रो चरणबाट बिद्यार्थीहरुलाई एफ.एम.को स्टुडियोबाट नै प्रतियोगिता गराईएको बस्नेतको भनाई छ ।
सोही अवसरमा बोल्दै स्टेशन म्यानेजर सुस्केराले बिद्यार्थीहरुमा हुने यस्ता प्रतियोगिताले डराउने, लजाउने र बोल्न नसक्ने बिद्यार्थीहरुमा आत्मावल बढाउने बताउनुभयो । उहाँले अब यस्ता कार्यक्रम विराटनगर भित्रका २० देखि २५ वटा कलेज तथा उच्च मा.बिमा गराईने तथा त्यसबाट आएर उत्कृष्ट स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई रेडियोले रोजगारी दिने समेत आश्वासन दिनुभयो ।
कार्यक्रममा कलेजका अध्यक्ष तुलसी पोखरेलले बिद्यार्थीहरुको लागि गरिएको यो प्रयास महत्वपुर्ण भएकोले कलेजले अन्य क्षत्रका बद्यार्थीलाई पनि नयाँ सन्देश दिएको जानकारी दिनुभयो । उहाँले एम्स कलेजले हरेक महिना नयाँ नयाँ कर्याक्रम गरि रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्