सञ्चार माध्यामले गलत प्रचार गरे : सञ्चार मन्त्री राई

सञ्चार माध्यामले गलत प्रचार गरे : सञ्चार मन्त्री राई

सुमन तिमल्सिना
विराटनगर, चैत २९
सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री शेरधन राईले संचार माध्यामको लगत प्रचारले देशलाई गलत दिसा तर्फ लगेकाे बताउनु भएको छ । बिराटनगरमा नेपाल शिक्षक संगठनको ३७ औ शिक्षक दिवसको सन्दर्भमा ओयाेजित कार्यक्रममा उहाँले ओलीले नेतृत्व गरेको वर्तमान सरकारलाई बद्नाम गराउने प्रयास भएको आरोप लगाउनु भएको हो ।
संचार माध्यामले आधार हिन समाचार प्रस्तुत गरेर देशलाई संबिधान कार्यान्वयनमा अप्ठेरो अबस्था सिर्जनागर्न खोजिएको उहाँको तर्क छ । अहिलेको सरकार जनताको भवना अनुसार चलि रहेकोले जनताको भावनामा चलेको सरकारलाई नाकारात्मक टिकाटिप्पणी गरेर बद्नाम गराउने अनी अर्को सरकारको बिकल्पको नाममा कमल थापाले बैठक बहिस्कार गरेको भनेर गलत समाचार ल्याउने काम भएको आरोप लगाउनुभयो ।
मन्त्री राईले आगामी वजेट यही सरकारले ल्याउने भन्दै सरकारको बिकल्प खोज्ने कुरा हल्ला मात्र भएको दाबी गर्नुभयो । अहिलेको सरकार बहुमतको रहेकोले वहुमतमा रहेको सरकारको विकल्प खोजिनु असफल प्रयास मात्र हुने तर्क गर्नुभयो । उहाँले नेपाली जनताको भावना अनुसार अहिलेको सरकारले काम गरी रहेकोले जनताको भावना बाहिर गएर काम गर्ने सकिने बताउनुभयो ।
स्थानीय निकायको निर्वाचन गर्नेबारेमा जानकारी दिनुहुँदै ११ सदस्यीय राजनैतिक समिति गठन भईसकेकोले त्यसलार्य पुर्णता दिएपछि त्यो समितिले ३ महिना भित्र दिने प्रतिवेदनको आधारमा अबको केही महिना भित्रै स्थानीय निकायको निर्वाचन गर्न सरकार लागि परेको जानकारी दिनुभयो । पहिलो चरणमा बजेट निति तथा कार्यक्रमको बारेमा सरकार गम्भीर भएर लागि रहेको र त्यो सँगै स्थानीय निकायको निर्वाचको बिषयलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले भुकम्प पिडिताहरुको लागि बर्षाको समयमा कसरी सुरक्षित राख्ने भन्ने बारेमा चाँडै सरकारले नयाँ योजना निर्माण गरेर भुकम्प पिडितलाई राहत दिने आश्वासन समेत दिनुभयो ।
मन्त्री राईले आजै शिक्षक संगठन मोरङको शिक्षक भवनको समेत उद्घाटन गनर्’ भएको छ । शिक्षक भवन ५८ लाख ४४ हजारको लागतमा निर्माण सम्पवन्न भएको भवन निर्माणको लागि ६४ लाख ७ हजार रकम बिभिन्न शिक्षक तथा दातृ निकायहरुबाट संकलन भएको शिक्षक संगठनका अध्यक्ष धर्मानन्द खरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा सभाषद ऋषिकेश पोखरेल, प्रमुख जिल्ला अधिकारी तोयम राय, नेकपा एमाले जिल्ला अध्यक्ष महेश रेग्मी लगायत शिक्षक सँग सम्बन्धी संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्