विराटनगरको जनता माविमा विवाद चुलियो

विराटनगरको जनता माविमा विवाद चुलियो

बिराटनगर चैत्र २९

विराटनगर– १८ मा रहेको जनता बाल माध्यमिक विद्यालयका प्राध्यानाध्यापक र व्यावस्थापन समिति विचको विवाद चुलिएको छ । नया गठन भएको व्यावस्थापन समितिले विद्यालयको हरहिसाव मागेपछि विवाद चुलिएको हो ।

विवाद बढेपछि विद्यालय व्यावस्थापन समितिले प्रअ विरेन्द्रकुमार यादवलाई हटाउन माग गरेको छ । सोमवार विराटनगरमा पत्रकार सम्मेलन गरी स्थायी शिक्षक हुदा हुदै राहतकोटाका शिक्षक प्रअ भएको भन्दै व्यावस्थापन समितिले हटाउन माग गरेको हो ।

व्यावस्थापन समिति अध्यक्ष देपशरण दास महतोले राहत कोटाका प्रअ हटाउन जिल्ला शिक्षा कार्यालयलाई पटक पटक आग्रह गरेपनि नहटाएको गुनासो गरे । उनले भने ‘ स्थायी शिक्षक हुला हुदै राहतका शिक्षक प्रअ छन् । हरहिसाव माग्दा देखाउदैनन । आफु खुसी चलेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्