बिराटनगर चैत २९ , मोरङको बुधनगरमा बेवारिसे अवस्थामा रहेको सुतली बम पड्केर एक युवा घाइते भएका छन । अन्य सात बमलाई भने प्रहरीको टोलीले निस्कृय पारेका थिए । घाइते हुनेमा सोही ठाउँका रुपेश मण्डल रहेको र उनको बिराटनगरमा सामान्य अवस्थामा उपचार भईरहेको प्रहरीले बताएको छ । मधेस आन्दोलनको बेला उक्त स्थानमा बम लुकाएर राखिएको अनुमान प्रहरीको छ ।