बिराटनगर चैत ३० ,
केही दिन यता बिराटनगरमा प्रचण्ड गर्मी र तातो हावाले बिराटनगरको अवस्था असामान्य भएको छ । बिहानीपख र साझ सितल हावा चल्ने र दिउँसो प्रचण्ड गर्मी हुने अनौठो मौषम अहिले बिराटनगरको छ । दिउँसो तातो हावाले गर्दा मानिसहरुलाई आफ्नो काम गर्न वा बाहिर निस्किन समेत गाह्रो हुने गरेको छ गर्मी कै कारण बिराटनगर बजारमा चहलपहल निकै कम भएको छ । " ३४-३५° मा हिड्न र घरअफिस बाहिर निस्कन समेत गाह्रो हुन्छ " बिराटनगर-२ का असिम कोईराला भन्छन् । गर्मी कै कारण बिराटनगरका अस्पतालमा बिरामीको संख्या पनि बढेको छ ।