काठमाडौंः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वैशाख ६ गते बृहत अन्तरक्रिया गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । नयाँबानेश्वरस्थित सद्भावना पार्टीको मूख्यालयमा सोमबार बसेको मधेसी मोर्चाको सचिवालय बैठकले वैशाख ६ गतेको अन्तरक्रियालाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।