मकालु एकेडमी बिराटनगरको वार्षिकोत्सव सम्पन्न

मकालु एकेडमी बिराटनगरको वार्षिकोत्सव सम्पन्न

 

बिराटनगर चैत्र ३०

मकालु एकेडमी विराटनगर–१ पोखरियाले आफ्नो १० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

पोखरियास्थित आफ्नै परिसरमा विविध कार्यक्रमको आयोजना गर्दै एकेडमीले बार्षिकोत्सव मनाएको हो । सो अवसरमा स्कुलका मेधावी छात्रछात्रासहित, वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद, हाजिरीजवाफ लगायतका विविध प्रतियोगिताका विजयीहरुलाई पुरस्कार स्वरुप मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । स्कुलका संस्थापक तथा शेयर सदस्य बिजय कट्टेल, प्रिन्सिपल रामप्रसाद पौडेल, संरक्षक प्रदीप झा, सञ्चालक समितिका अध्यक्ष कुमार लिम्बू, शेयर सदस्य हेमकुमार झा र सन्दिप मण्डल लगायतले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो । एजुकेशन विथ क्यारेक्टरको नारा दिएर शैक्षिकक्षेत्रमा योगदान पु¥याउदै आएको उक्त स्कुल २०६३ सालमा स्थापना भएको जनाइएको छ । आप्mनो मन्तव्य राख्दै प्रिन्सिपल पौडेलले मकालु एकेडेमीको सीधा सम्पर्क युरोप र अमेरिकासँग रहेकोले त्यहाँबाट अल्पकालीन शिक्षक शिक्षिकाहरु झिकाई विश्वस्तरीय शिक्षा दिन विद्यालय तल्लिन रहेको जानकारी दिनुभयो । बार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले सांस्कृतिक महत्व झल्किने गीत र नृत्य समेत प्रस्तुत गरे । कार्यक्रममा ५०० भन्दा बढी विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्