विराटनगरमा जारी भलिबलमा तेह्रथुम र नवज्योति क्लब खोटाङ विजयी

विराटनगरमा जारी  भलिबलमा तेह्रथुम र नवज्योति क्लब खोटाङ विजयी

विराटनगर÷मोरङ जिल्ला भलिबल संँघको आयोजनामा विराटनगरमा जारी प्रथम स्र्वगीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सोमबारको खेलमा तेह्रथुम र नवज्योति क्लब खोटाङ विजयी भई दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा तेह्रथुमले धनकुटालाई वाक ओभरको आधारमा पराजित गरी विजयी भएको छ । तेह्रथुम र धनकुटा विच हुनु पर्ने खेलमा धनकुटा समयमा मैदान नआएको कारण तेह्रथुम विजयी घोषित भयो ।
त्सैगरी दोस्रो खेलमा नवज्योति क्लब खोटाङले लक्ष्मिमार्ग भलिबल टिम मोरङलाई १८–२५,२५–२३ र २५–२३ कोे सेटले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ ।
पाँच दिनसम्म चल्ने प्रतियोतिामा पूर्वाञ्चलका संखुसभा, खोटाङ, भोजपुर, सिराहा, सुनसरी, झापा,नेपाल प्रहरी टीम(क्षेत्रिय), नेपालि सेनाको टीम(क्षेत्रिय) र सशस्त्र प्रहरी बल टीम(क्षेत्रिय) गरी १२ टिमको सहभागी रहेको जानकारी गराए ।
बैशाख २ गते सम्म सञ्चालन हुने सो प्रतियोतिामा २ लाख ५० हजार खर्च हुने अध्यक्ष हरीसचन्द्र कोइरालाले बताए ।
मंगलबारकोे खेल नेपाल प्रहरी टीम(क्षेत्रिय) र संखुवासभा बिच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्