नयाँ वर्ष मनाउन गएका भुकम्पको डरले राति नै भेडेटारबाट बिराटनगर

नयाँ वर्ष मनाउन गएका भुकम्पको डरले राति नै भेडेटारबाट बिराटनगर

बिराटनगर बैशाख २ , म्यानमारमा हिजो साँझ गएको ७ रेक्टर स्केलको भुकम्पले नेपालको पुर्व क्षेङ पनि मज्जाले हल्लायो । नयाँ वर्षको दिन मनाउन पुर्वका विभिन्न ठाउँबाट धनकुटाको भेडेटार लगायतका ठाउँमा धेरै मानिस पुगेका थिए । बिराटनगर-१५ घर भएका राम शाही पनि परिवार सहित भेडेटार बस्नेगरि पुगेका थिए तर अचानक भुकम्प थाहा पाउने बित्तिकै उनको मन डराएर राति नै गाडी रिजर्भ गरि घर फर्किए उनी । "एकदमै हल्लायो त्यसैले राति नै परिवार लिएर बिराटनगर आए " उनले सुनाए । उनी जस्तै नयाँ वर्ष मनाउन हिडेका राजु गिरी र साथीहरू पनि राति नै ईटहरी आएर बसेका थिए । " पहाडी इलाकामा भुकम्पले ठुलो असर गर्छ भनेको सुनेको थिए त्यसैले डर लागेर फर्केका हौ " गिरीले फेसबुक च्याटमा हामीसंग भने । भेडेटारमा रमाइलो गरिरहेका सबै भुकम्प थाहा पाउने बित्तिकै होटल बाहिर निस्केको उनी बताउँछन् । उनिहरु जस्तै अन्य मानिस पनि राति नै घर फर्केको ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्