बिराटनगर बैशाख ७, मधेस आन्दोलनमा मृत्यु भएकाको परिवारको अवस्था बुझ्न सुनसरीका एक युवकले साईकल यात्रा सुरु गरेका छन । सुनसरीका २९ वर्षिय शिवेन्द्रकुमार दास कर्ण तराई मधेसको साईकल यात्रामा निस्किएका हुन । पछिल्लो मधेस आन्दोलनमा मृत्यु भएका ५४ जनाको परिवारलाई भेट्ने र सरकारलाई प्रतिवेदन बुझाउने उनको लक्ष्य रहेको छ ।