मधेसको आन्दोलनलाई राष्ट्रिय स्वरूप दिनुपर्नेमा जोड

<span class='c1'>मधेसको आन्दोलनलाई राष्ट्रिय</span> <span class='c2'>स्वरूप दिनुपर्नेमा जोड</span>

काठमाडौं- नयाँ संविधानप्रति विमति जनाउँदै आएका संघीय गठबन्धनका नेताले मुलुक जोगाउनका लागि पुनः एकपटक आन्दोलन गर्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा गठबन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले समेत आन्दोलनलाई राष्ट्रिय स्वरूप दिनुपर्नेमा जोड गरेका हुन्। गठबन्धनमा मोर्चामा आबद्धसहित २६ साना दल छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई बचाउनका लागि नेपालका सबै जनजातिलाई आन्दोलनमा उत्रन आह्वान गरे। 'मधेसी, आदिवासी/जनजाति कसैको पनि भावना समावेश नगरी नश्लवादी संविधान जारी गरिएको छ, त्यसविरुद्ध हिमाल, पहाड र मधेस फेरि आन्दोलनमा उत्रनु आवाश्यक छ,' उनले कार्यक्रममा भने, 'विभेदकारी, नश्लवादी र असमावेशी संविधान र माफियातन्त्रविरुद्ध एकपटक आन्दोलन गरौं।'

मुलुकको अर्थतन्त्र कालोबजारियाले चलाएको आरोप लगाउँदै अध्यक्ष यादवले कार्यक्रममा आक्रोश पोखे। 'भूकम्पपीडितले न्यानो बास पाएका छैनन्, आएको रकम सही सदुपयोग भएको छैन, कालोबजारी अर्थतन्त्रले देश ध्वस्त हुँदै गएको छ,' उनले भने, 'पेट्रोल र ग्यास आएको छ, कता गयो? त्यसैले अहिले सरकारले नाकाबन्दी लगाइरहेको छ।'

राष्ट्रियताको पहिचान विविधतामा एकता भए पनि व्यावहारिक रूपमा लागू नभएको उनले बताए। अबको आन्दोलन त्यसैका लागि गर्नुपर्ने उनको भनाइ थियो। उनका अनुसार सिंहदरबारकेन्द्रित आन्दोलन गर्नका लागि उक्त गठबन्धन गठन भएको हो।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाँ संविधानप्रति विमति जनाउँदै तराई–मधेसमा भएको आन्दोलनले राष्ट्रिय स्वरुप पाउँदै गएकोमा खुसी व्यक्त गरे। 'मधेसी जनताको रगतले लतपतिएको नश्लवादी संविधानप्रति विमति कायमै छ, यो संविधानविरुद्ध मधेस मात्रै होइन, हिमाल र पहाड पनि एकैपटक आन्दोलनमा उत्रने तयारी भइरहेको छ,' ठाकुरले भने, 'त्यसैले गोलीले तह लगाउँछु भन्ने सरकारलाई एकपटक झुकाउन जरुरी छ।'

कार्यक्रममा बोल्ने अधिकांश नेताले मधेसी समुदायसहित आदिवासी जनजातिलाई अधिकार दिन नयाँ संविधान चुकेको गुनासो गरेका थिए। नागरिक समाजका अगुवा दमननाथ ढुंगानाले आन्दोलनमा मात्रै केन्द्रित नभई वार्तामार्फत समस्याको समाधान खोज्न गठबन्धनका नेतालाई सुझाव दिए। कार्यक्रममा बोल्ने अधिकांश नेताले अबको आन्दोलन काठमाडौंकेन्द्रित हुने जनाउ दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्