विराटनगर बैशाख ७, विराटनगरका पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन फिर्ता लिएका छन् । उनीहरुले मंगलबार दिउँसोबाट आन्दोलन फिर्ता गरेका हुन् । आन्दोलन फिर्ता लिएपछि पेट्रोल तथा डिजेलको ढुवानी र भण्डारणको काम सुरु भएको छ । आगामी आइतबार सम्मममा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने आन्दोलनरत पक्षले बताए ।