विराटनगरमा सुविधा सम्पन्न चार तारे होटेल

विराटनगरमा सुविधा सम्पन्न चार तारे होटेल

 

बिनु तिम्सिना

विराटनगरका उद्योगी मोती दुगडको लगानिमा पुर्वमै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधा सम्पन्न फोर स्टार होटल सञ्चालनमा आएको छ ।

उद्योगी मोति दुगडले आज होटल परिसरमा पत्रकार सम्मेलन गर्दै नव निर्मित होटल पुर्वकै सुविधा सम्पन्न र अत्याधुनिक रहेको जानकारी दिनुभयो । विराटनगरको तिनपैनिमा खोलिएको होटल ह्यारी सन्स एन्ड प्यालेस होटलमा अन्तराष्ट्रियस्तरको सुविधा उपलब्ध भएको संचालक दुगडले बताउनुभयो ।

उहाले औद्योगीक क्षेत्रका साथ साथै सेवा क्षेत्रमा पाइला टेक्दै चालिस करोडको लागनीमा सो होटल निर्माण गरेको जानकारी दिनुभयो । हरेक क्षेत्रमा अगाडि रहेको विराटनगर होटल र पर्यटनको क्षेत्रमा भने पछाडि रहेको बताउँदै उहाले आफ्नो होटलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका पर्यटकलाइ आकर्षण गर्ने दावि गर्नुभयो । साथै धरान रोडमा एक वर्षभित्रमा १ सय २० करोडको लगानीमा सपिङ मल समेत खोल्ने जानकारी दिनुभयो । होटलमा रोयल सुट, पानीबाट हुने मसाज जाकुजी, हेल्थ क्लब, सोना बाथ, स्ट्रिम बाथ आदि सबै सुविधा उपलब्ध छन् । पचास कोठे होटल आठ काठ्ठा जग्गा क्षेत्रफलमा फैलिको छ । आजै अमेरिकाका पहिलो अतिथि माइकल कोबोल्डलाई दुगडले माला लगाएर स्वागत समेत गर्नुभयो ।

फोटो : कोशी खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्