बिराटनगरमा आईसिटिमा लागेका युवतीहरुको भेला हुने

बिराटनगरमा आईसिटिमा लागेका युवतीहरुको भेला हुने

बिराटनगर बैशाख ८ ,

बिराटनगरमा अप्रिल २८ तारिखका दिन आईसिटीमा लागेका र रुचि भएका युवतीहरुको भेला सम्पन्न हुने भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) मोरङको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । गल्स् इन आईसिटी डे को अवसरमा सो कार्यक्रम हुन गइरहेको क्यान मोरङका अध्यक्ष निर्मल तामाङले जानकारी दिनुभयो । कार्यक्रममा आइसीटीमा योगदान पुर्याएका महिलाहरुलाई समेत सामेल गराइने छ ।  युवतीहरु पनि आईसिटीमा रुचिकर भएको र उनिहरुको पहिचान गरि अवसर दिन यस  कार्यक्रमको आयोजना गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्