बिराटनगर बैशाख ९, बिराटनगर २० स्थित दरैयामा ग्याँस सिलिन्डर लिक भई शरिरमा आगो सल्किदा एक महिला घाइते भएकी छिन । खाना पकाउन लाग्दा आगो ३५ वर्षिया लक्ष्मी शाहको शरिरमा सल्किएको थियो । उनको शरिरका विभिन्न भागमा आगोले पोलेको र उनको विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।