विद्यार्थीलाई उद्यमशिलता सिकाउँदै अमेरिकी नागरिक कोबोल्ड

<span class='c1'>विद्यार्थीलाई उद्यमशिलता सिकाउँदै</span> <span class='c2'>अमेरिकी नागरिक कोबोल्ड</span>

सुमन तिमल्सिना
विराटनगर, बैशाख ८
विद्यार्थीलाई उद्यमशिल बनाउने अन्तराष्ट्रिय स्तरका ब्यक्तीहरु बिराटनगरमा आएर सिकाउने क्रम बढेको छ । अन्तराष्ट्रिय स्तरमा चर्चा कमाएका ब्यक्तीहरुले बिराटनगरमा आएर यसरी बिद्यार्थीहरुलाई उद्यमसिलताको बारेमा सिकाउलान भन्ने सोच्दै नसोचेका बिद्यार्थीहरु अहिले दङग देखिन्छन् ।
बिराटनगरका बिभिन्न शैक्षिक संस्थाहरु मध्यको पुर्वाञ्चल बिश्व बिद्यालयद्धारा सञ्चालित ब्यवस्थापन कलेजमा पछिल्ला दिनहरुमा अमेरिकी ब्यवसायीहरुको समेत उपस्थीतीमा उद्यमशिलताका बिषय सिकाउन थालिएको हो ।
पुर्वाञ्चल बिश्व बिद्यालय ब्यवस्थापन क्याम्पसमा बिश्वकै महँगो कोबोल्ड घडी निर्माता माईकल कोबोल्डले बिद्यार्थीहरुलाई उद्यमी बन्ने बारेमा आफुले गरेका संघर्ष र सफलताको बारेमा जानकारी गराउनु भएको हो ।
आज कोबोल्ड वाच कम्पनीका संस्थापक कोबोल्डले नेपालका असल मित्रको रुपमा काम गरिरहेको जानकारी दिनुहँदै बिद्यार्थीहरुलाई उद्यमी बन्नको लागि नेपाल सबै भन्दा राम्रो स्थानको रुपमा रहेको बताउनुभयो ।
सन् २००९ र २०१० मा सगरमाथा चढी सकेका कोबोल्डले माईती नेपालका उद्दार भएका ६० जनालाई तालिम दिलाएर घडीको फिता, डालाको कार्ड होल्डर लगायतका सामाग्री निर्माण गर्ने काममा रोजगारी दिएका छन् । हिमालका २ जना शेर्पालाई अमेरिकामा लगेर तलिम दिएर कोबोल्ड हिमालया घडी बनाएका कोबोल्डले बनाएको घडीको मुल्य १६ लाख पर्ने उनले जानकारी दिए । नेपालमा बनेको नम दिएर बिश्वमा नेपाललाई चिनाउने काम गरेका कोबोल्डले बिद्यार्थीहरुमाझ उद्यमसिलताको लागि नेपालमा गर्न सकिने आधारहरु धेरै रहेको जानकारी गराउनु भएको थियो ।
स्वर वे फाउण्डेशनका संचालक समेत रहेका कोबोल्ड संस्थाले अत्याधुनिक १२ वटा बारुणयन्त्र नेपाललाई दिँदैछ । ल्याईएका बारुणयन्त्र मध्य एउटा बिराटनगरलाई दिईने योजना कोबोल्डको रहेको म्यानेजमेन्ट क्याम्पस प्रमुख उत्तम रेग्मीले जानकारी जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्