विराटनगरमा जुत्ता–चप्पल बनाउने तालिम सम्पन्न

<span class='c1'>विराटनगरमा जुत्ता–चप्पल बनाउने</span> <span class='c2'>तालिम सम्पन्न</span>

 

प्रेम देवान

विराटनगर ९ वैशाख । घरमै बेरोजगार भएर बसेका महिलाहरुका लागी मखमली जुत्ता –चप्पल सिलाउने एक महिने आधारभुत तालिम विराटनगरमा सम्पन्न भएको छ ।

घरेलु तथा साना उद्योग कार्यलय विराटनगरको आर्थिक सहयोगमा विराटनगरमा रहेको सयपत्री महिला सेवाको सहकार्यमा उक्त तालिम आज सम्पन्न भएको हो ।

विराटनगर १५मा रहेको सयपत्री महिला सेवामा आवद्ध १४ जना महिलाहरुका लागी एक महिने आधारभुत जुत्ता – चप्पल सिलाउने तालिम दिईएको सयपत्री महिला सेवाकी अध्यक्ष मञ्जु चापागाईले जानकारी दिनुभयो ।

घरमा काम नभई त्यसै बेरोजगार भएर बसेका दिदिबहिनीहरुका लागी स्वरोजगर बनुन् तथा आत्मासीप बढोस भन्ने उद्धेश्यका साथ तालिम प्रदान गरिएको अध्यक्ष चापागाईले जानकारी दिनुभयो ।

सो तालिमको चम्पा सु– सेन्टर प्रशिक्षण केन्द्रकी संञ्चालीका चम्पा नेपालले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यलय विराटनगरका प्रमुख उमेश पाण्डेले नेपाल सरकारले महिलाहरुका लागी आत्मनिर्भर बन्नको लागी यस्ता सीप मुलक तालिम हरेक बर्ष प्रदान गर्दै आएको बताउनुभयो । साथै कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्