बिराटनगर बैशाख १० ,
डिजेल इन्जिनबाट हुने प्रदुषण र डिजेल खपत कम गर्ने फ्युल सेभ बजारमा आएको छ । नेपाल मै पहिलोपटक बजारमा ल्याएको दाबी गरिएको डिजेल कन्डिस्नर "विवी फ्युल सेभ" को नाममा बजारमा आएको हो । फ्युल सेभलाई डिजेल मिसाएर प्रयोग गर्दा प्रदुषण कम गर्ने र डिजेल खपत कम हुने नेपालस्थित फ्युलका आधिकारिक विक्रेता सुप्रिम पावर सप्लायर्सका सौरभ लुइँटेलले जानकारी दिए । यसले इन्जिनको आयु समेत बढ्ने विराटनगरस्थित फ्युलका बितरक कोसी ट्रेडका नवीन पौडेलले बताए ।