बिराटनगर बैशाख १० ,
बिराटनगर जूनियर जेसीजले वैशाख १२ गते विनाशकारी भुकुम्पवाट ज्यान गुमाएका मृतकहरुको स्मृतिमा "खुल्ला रक्तदान कार्यक्रम" आयोजना गर्ने भएको छ। वरगाछी स्थित निहाराका कलेजको प्रांगणमा विहान ८ वजे हुने सो रक्तदान कार्यक्रमले हाल विराटनगरमा केही दिनवाट देखिरहेको रगत अभावमा केही सहजका लागी सहयोग मिल्ने अपेक्षा रहेको जानकारी अध्यक्ष अभिनास थापाले दिनु भएको छ।