ग्याँस सिलिण्डर लिक भएर घरमा आगलागी

<span class='c1'>ग्याँस सिलिण्डर लिक</span> <span class='c2'>भएर घरमा आगलागी</span>

मोरङ, बैशाख १०

मोरङको सोराभाग ४ सिम्राहा स्थित एक घरमा ग्याँस सिलिण्डर लिक भएर आगलागी भएको छ।

स्थानीय झरिलाल मण्डलको घरमा बिहान ०९:१५ बजेतिर खाना पकाउनेक्रममा ग्याँस सलिण्डर लिक भएर आगलागी भएको थियो।

आगलागीबाट मण्डलको टिनले बनेको कच्ची घर, घरभित्र रहेको नगद पाँच हजारसहित अन्य सम्पुर्ण सामानहरु जल्दा दुई लाख बराबरको क्षती भएको पिडितले बताएका छन्।

आगलागी स्थानियबासी र प्रहरी चौकी कर्सियाबाट खटि गएको प्रहरीको सहयोगमा बिहान ०९:५० बजे नियन्त्रणमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्