बिराटनगर बैशाख १२ , बिराटनगर जुनियर जेसिसको आयोजनामा शनिबार बिराटनगरमा सुचनाको हक सम्बन्धी तालिम सम्पन्न भएको छ । बिराटनगर जेसीसको सभा हलमा भएको उक्त कार्यक्रममा सुचनाको हकका अभियन्ता राजु श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । बिराटनगर जुनियर जेसीसका अध्यक्ष अभिनास थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।