विद्यार्थीहरुमा पढाई प्रति लगाभ बढाउनका लागी मिस्टर एण्ड मिस एसएलसी कोशी : जयराज राय

विद्यार्थीहरुमा पढाई प्रति लगाभ बढाउनका लागी मिस्टर एण्ड मिस एसएलसी कोशी : जयराज राय

वि.सं २०७२ देखि बिराटनगरमा मिस कोशी आयोजना गरि रहेको जय मिडिया म्यानेजमेन्ट प्रा. लि. ले यसै वर्ष देखि मिस्टर एण्ड मिस एसएलसी कोशी संचालन गरि रहेको छ । वैशाख १५ गते होटेल नमस्कारमा पहिलो अडिसनको तयारीमा रहेका  जय मिडिया म्यानेजमेन्ट प्रा. लि. का निर्देशक जयराज रायसंग आवर बिराटनगरका प्रेम देवानले गरेको कुराकानी : 

१) मिस्टर एण्ड मिस एसएलसी कोशी किन गराउन लाग्नु भएको ?
–भर्खरै एस एलसी दिएर बसेका विद्यार्थीहरुका लागी शिक्षा प्रति लगाव बढाउने, उनीहरुको क्षमता अभिवृद्धी तथा नेतृत्व विकास र आत्मामनोवल बढाउने उद्धेश्यका साथ मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ गर्न लागिएको हो ।
२) यसमा कहां कहांबाट र कस्ता कस्ता विद्यार्थी भाईबहिनीहरुले भाग लिन सक्नेछन् ?
–हामी खास कोशी अञ्चलभरीका भर्खरै २०७२ को एसएलसी परीक्षा दिएर बसेका तथा यस्तो फिल्डमा अविरुची राख्ने भाईबहिनीहरुका लागी नै विशेष फोकस गर्न लागीएको हो ।
3) भनेपछी मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को तयारी चाही कहां सम्म पुग्यो त त्यसो भए ?
- अहिले धमाधम मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को फर्महरु विभिन्न ठांउबाट वितरण गरिने कार्य निरन्तर भईरहेको छ । खास गरी यही बैसाख १५ गतेबाट हाम्रो पहिलो अडिसन् विराटनगरको नमस्कार होटलमा गर्न लाग्दैछौ ।

४) छनौट प्रकृया कसरी गर्दै हुनुहुन्छ अन्तीम तारर्केट चाही कति हो नी ?
-फर्मल्ली रुपमा विभिन्न प्रस्न राख्छौ उनीहरुको बोल्ने शैली विभिन्न कृयाक्लापमा ध्यान दिन्छौ, अन्तिम हार्माे भनेको १० जनाछ छात्र र १० जना छात्रालाई छान्छौ।
५) विजेताहरुको लागी के व्यावस्था गर्नुभएको छ ?
-हामीले नगद पैसाको व्यावस्थालाई कटौती गरेर उनीहरुका लागी कक्षा १२ सम्मका लागी शिक्षादिप कलेजमा जुन सुकै संकायमा अध्यनन गर्नका लागी छात्रावृती प्रदान गर्ने भएका छौ, जुन एक लाख भन्दा बढी पढाईमा खर्च हुने छ । यसका अलवा विजेताहरुले क्राउन संगसंगै विभिन्न गिफ्ट तथा प्रमाण पत्र पनि पांउनुहुने छ ।
६) अन्य के छ ?
-साथै ३ जना विजेतालाई आगामी तीन वर्ष भित्र मिस्टर कोशी र मिस कोशीमा सिधै प्रवेश गर्न सक्ने छन् ।
७) तपाईलाई अन्य रुपमा सहयोग गर्नेहरु पनि त होलान् नी ?
-सर्वप्रथम त शिक्षादिप कलेज, फाईन मसाला, अक्षत जेर्लस,सिटी गोल्ड, डे«सआप डिजाईनमा विमा क्रेएसन, मेकअपमा तबस्सुम व्यूटी पार्लस, क्रिएटिभ पार्टनरमा ईनडिजान अनलाईन पार्टनरमा आवर विराटनगर नेट र प्रत्यक्षमा मकालु टिभीबाट प्रशाण गर्नेछौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्