बिराटनगर बैशाख १२ ,
विवेकशील नेपाली दल र विभिन्न संघ संस्थाद्वारा गरिएको शान्तिपूर्ण प्रदशनका दौरान प्रहरीद्वारा अवरोध गर्दा विवेकशील नेपालीको केन्द्रिय सदस्य रन्जु दर्शना र अबिरल कार्की घाइते भएका छन । प्रदर्शनका दौरान बबरमहलमा प्रहरीद्वारा अवरोध हुँदा उनिहरु घाइते भएका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापाले बताउनु भयो ।
"तीन करोड नेपालीको प्रश्न:पुनर्निर्माण कहाँ पुग्यो सरकार" भनेर बिगत केहि हप्ता देखी दवाबमुलक कार्यक्रम गर्दै आएको छ । आज बिहानै पनि विवेकशील नेपालीले "प्रधानमन्त्रीलाई कालो पिण्ड" भनि प्रदर्शन गरेको थियो ।