भुकम्पमा ज्यान गुमाएकाको स्मृतिमा रक्तदान

भुकम्पमा ज्यान गुमाएकाको स्मृतिमा रक्तदान

बिराटनगर बैशाख १३, बिराटनगर जूनियर जेसीजले वैशाख १२ गते विनाशकारी भुकुम्पवाट ज्यान गुमाएका मृतकहरुको स्मृतिमा आयोजना गरीएको "खुल्ला रक्तदान कार्यक्रम" मा ४९ प्रिन्ट रक्तदान संकलन भएको छ।
डा. रोशन पोख्रेल (मे.सु. कोशी अंचल अस्पताल) को प्रमुख अतिथि तथा जु. जेसी अध्यक्ष अभिनास थापाको सभापतित्वमा सम्पन्न सो रक्तदान कार्यक्रममा नेहरीका कलेजका प्रमुख रुपेश खतिवडा , जेसी टि. पी. आचार्य र जेसी प्रितेशराज दाहाल लगायतले विनासकारी कालो दिनलाई रक्तदान जस्तो कार्यक्रमले पीडा कम गर्न लागेकोमा जुनियर जेसीज परिवारलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
वरगाछी स्थित निहाराका कलेज, विराटनगरको प्रांगणमा आयोजित सो रक्तदानले हाल विराटनगरमा केही दिनवाट देखिरहेको रगत अभावमा केही सहजका लागी सहयोगी भुमिका खेलेकोमा व्लड वैंकले धन्यवाद दिएको थियो।
सो कार्यक्रममा प्रायोजकको रुपमा विराटनगरको क्रियटीभ आईले पुर्ण प्रायोजन गरेको जानकारी जुनियर जेसीज प्रवेस दुलालले दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्